neapl investment mega bank
  • गृहपृष्ठ
  • पत्रकार रोकायाको निधनप्रति दुःख व्यक्त

पत्रकार रोकायाको निधनप्रति दुःख व्यक्त

Aug 2nd, 2020

काठमाडौ, साउन १८

नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य तथा हुम्ला शाखाका संस्थापक सभापति अग्रज पत्रकार जयबहादुर रोकायाको निधन भएकोे दुःखद् खवरले नेपाल पत्रकार महासंघ स्तब्ध र दुःखी भएको जनाएको छ । ६२ वर्र्षीय रोकायाको साउन १७ गते साँझ ५ः०० बजे हुम्लाको सिमकोट गाउँपालिका–५ कालिञ्चोकस्थित निवासमा निधन भएको हो ।

महासंघका अनुसार वि.सं. २०५० सालदेखि पत्रकारितामा सक्रिय रोकायले लामो सयम कान्तिपुर दैनिकमा कार्य गर्नु भएको थियो । हुम्ला जिल्ला र समग्र कर्णाली क्षेत्रमा व्यावसायिक पत्रकारिताको विकासका लागि उल्लेख्य योगदान पु¥याउनु भएका रोकायाको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक अनुभवी र जुझारु पत्रकार गुमाउनुका साथै हुम्ला शाखाले असल अभिभावक गुमाएको छ । स्वर्गीय रोकायाका दुई श्रीमती, चार छोरा र एक छोरी रहेकाछन ।

नेपाल पत्रकार महासंघ स्वर्गीय रोकायाप्रति हार्दिक श्रद्घाञ्जली अर्पण गदै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडीमा महासंघ शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामना गर्दै गहिरो समवेदना व्यक्त गर्दछ , महासंघले बिज्ञप्ती मार्फत भनेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi