काठमाडौ, साउन १८
एभरेष्ट बैंक लिमिटेडले लुम्बिनी नेत्र बिज्ञान अध्ययन संस्थानका रण अम्बिका शाह आंखा अस्पताल तथा रिसर्च सेन्टरलाई आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पताललाई अटोरेफ्रेक्तोरमिटर र केरातोमिटर नामक उपकरण हस्तान्तरण गरेको छ । दृष्टी दोष पत्ता लगाईसकेपछि प्रयोग हुने चस्माको पावर जांचका लागि उक्त मेसिन प्रयोग गरिने अस्पतालले जनाएको छ ।
१० लाख १५ हजार मुल्य बरावरको रहेको उक्तउपकरण अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष सागर प्रताप राणालाई बैंकका प्रदेश नं ५ प्रमुख बिष्णु प्रसाद ज्ञवालीले हस्तान्तरण गरे ।
स्थापनाकाल देखिनै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म ११ लाखभन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो ९५ शाखा संजाल, प्रादेशिक कार्यालय , १२४ एटिएम बुथ सहित अत्याधुनिक मोबाइल र इन्टरनेटर एमएमएस बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवादिदै आइरहेको छ ।