neapl investment mega bank
  • गृहपृष्ठ
  • ओपोद्वारा ए १२ सार्वजनिक, एन्ट्रि लेभल मै मेनस्ट्रिम फोनको क्षमता (मुल्य सहित)

ओपोद्वारा ए १२ सार्वजनिक, एन्ट्रि लेभल मै मेनस्ट्रिम फोनको क्षमता (मुल्य सहित)

Aug 2nd, 2020

काठमाडौ, साउन १८

वैश्विकस्तर मै अग्रणी स्मार्टफोन ब्राण्ड ओपोले ए सिरिज अन्तर्गत नयाँ स्मार्टफोन ओपो ए १२ सार्वजनिक गरेको छ । लामो समय तिक्ने ४२३० एमएएच क्षमताको ब्याट्री सुसज्जित यो फोन नेपाली बजारमा ३ जीबी ¥याम + ३२ जीबी रोम र ४ जीबी ¥याम + ६४ जीबी रोम गरी दूई बिकल्पका साथ सार्वजनिक गरिएको हो । ओपो ए १२ मा रहेका रियर फिंगरप्रिन्ट सेन्सर, ओक्टा(कोर प्रोसेसर र एआई डुअल रियर क्यामेरा लगायत मेनस्ट्रिम सेटिङले स्मूथ परफरमेन्स दिनुका साथै यसलाई एन्ट्रि लेभल प्रयोगकर्ताका लागि उत्कृष्ट बिकल्पकारुपमा स्थापित गर्छ ।

पर्याप्त स्टोरेज, उत्कृष्ट परफरमेन्स / उत्कृष्ट अनुभव, रमाइलो अनुभव

नेपाली बजारमा ओपो ए १२ को, ३ जीबी ¥याम + ३२ जीबी रोम र ४जीबी ¥याम + ६४ जीबी रोम गरी दूई भ्यारियन्ट उपलब्ध गरिएको छ । साथै, प्रयोगकर्ताले आफ्नो आवश्यकता अनुसार यसलाई २५६ जीबी सम्म बढाउन सक्ने सुविधा पनि उपलब्ध गरिएको छ । यसले गर्दा प्रयोगकर्ताले फोनमा रहेको सञ्चय क्षमताको चिन्ता बिना आफ्नो दैनिकीमा फोनको सह जप्रयोग गर्न सक्छन् । यसमा रहेको ४२३० एमएएच क्षमताको ब्याट्रीले १७ घण्टा सम्म निरन्तर भिडियो स्ट्रिमिङ धान्न सक्छ ।

फोनमा उपलब्ध गरिएको ओक्टा-कोर प्रोसेसर, मिडियाटेक हेलियो पी ३५ ले उर्जा खपतमा न्यूनिकरण ल्याउनुका साथै ल्याग-फ्रि गेमिङ तथा भिडियो हर्ने अनुभव प्रदान गर्छ ।

ओपो ए १२ मा रहेको कलर ओएस ६.१ले प्रयोगकर्ताको डिजिटल लाइफलाई नयाँ उचाई प्रदान गर्नेछ । यसमा यात्रीहरुलाई विशेष ध्यानमा राखि अनावश्यक कल तथा नोटिफिकेसन ब्लक गरी सडकमा ध्यान केन्द्रित गर्न सघाउँदै सुरक्षा प्रदान गर्ने सोचका साथ राइडिङ मोडपनि उपलब्ध गरिएको छ ।

ओपो ए १२ मा स्मार्ट साउण्ड ईफेक्ट वा साउण्ड अप्टिमाइजेसन फिचर, डिराक उपलब्ध छ । यसले स्वचालितरुपमा गेम, अडियो तथा भिडियोका आधारमा उत्कृष्ट साउण्ट ईफेक्ट सेटिङको छनोट गर्ने क्षमता राख्छ ।

हात र आँखा सुहाउँदो आकर्षक डिजाइन

ओपो ए १२ मा अभूतपूर्व मनोरञ्जनात्मक अनुभवका लागि १५२०×७२० रिजोल्यूसन सहितको ६.२२ ईञ्चको वाटरड्रप आई प्रोटेक्सन स्क्रिन जडान गरिएको छ । यसमा रहेको ब्ल्यू लाइट फिल्टरले गेमिङ होस् वा भिडियो हेरीरहेको समय जुनै बेला आँखालाई सुरक्षा प्रदान गर्छ ।

ओपो ए १२ मा थ्रीडी डायमण्ड ब्लेज डिजाइन दिइएको छ यसले हेर्ने दृष्टिकोण अनुसार रंग र आकार परिवर्तन भएको अनुभव दिन्छ । फोनको पछिल्तिर फिंगरप्रिण्ट अनलकिङ सेन्सर दिइएको छ । साथै यसमा १२८ बायोमेट्रिक पोइन्ट्सका आधारमा प्रयोगकर्ताको पहिचान गर्ने क्षमता सहितको एआई फेसियल अनलक फिचर पनि उपलब्ध गरिएको छ । १९ः९ एस्पेक्ट रेसियोमा आकर्षक कर्भ र एर्गोनोमिक डिजाइन सहितको यो फोनको बजन जम्मा १६५ ग्राम रहेको छ । यसले गर्दा एकै हातबाट पनि फोनको सहज तथा आरामदायी प्रयोग गर्न सकिन्छ ।

जीवनको सुन्दरता कैद गर्न एआई सञ्चारित फोटोग्राफी तथा भिडियो टूल्स

ओपो ए १२ मा एआईद्वारा सञ्चारित डुअल रियर क्यामेरा( १३ एमपीप्रमुख + २एमपी डेप्थ क्यामेरा जडान गरिएको छ । फोनमा रहेको १३ एमपी प्रमुख क्यामेराले ब्रस्ट मोड तथा ६× डिजिटल जुम सपोर्ट गर्नुका साथै उच्च रेजोल्यूसन तथा गुणस्तर सहित प्राकृतिक दृष्य खिच्न सघाउँछ । त्यसैगरी, २ एमपी डेप्थ क्यामेराले उत्कृष्ट पोट्रेट शट्स खिच्न डेप्थ डाटा प्रदान गर्दै पोट्रेट मोडमा सुदृढ बोके ईफेक्ट दिन्छ । ओपो ए १२ मापोट्रेट शुटिङ र खाना तथा बनस्पति शुटिङका लागि दूई विशेष मोड्सको ब्यवस्था पनि गरिएका छन् । तस्विरलाई अझ आकर्षक बनाउन फोनमा पोट्रेट स्टाइल्स र ड्याजल कलर मोडको ब्यवस्था पनि गरिएको छ ।

स्वविवेकको प्रयोग मार्फत प्रयोगकर्ताका सेल्फी आकर्षक बनाउने क्षमता सहितको ओपोद्वारा स्वबिकसित एआई ब्यूटिफिकेसनले फोनको ५ एमपी फ्रण्ट क्यामेरालाई शक्ति प्रदान गर्छ । एआई ब्यूटिफिकेसनले स्वचालितरुपमा छालाको गुणस्तर, उमेर लिंग, स्किन टोन लगायतको पहिचान गर्दै प्रयोगकर्ताका विशेषताका आधारमा सटिक ब्यूटिफिकेसनका समाधान उपलब्ध गराउने क्षमता राख्छ ।

छोटा भिडियो मनपराउनेहरुका लागि ओपो ए १२ मा सोलुप स्मार्ट भिडियो एडिटर पनि उपलब्ध गरिएको छ । यसले प्रयोगकर्तालाई ब्यवसायिक गुणस्तरका भिडियोहरु सिनेम्याटिक ईफेक्टका साथमा सहजै निर्माण गर्न सघाउँछ ।

भरपर्दो गुणस्तर र सेवा

उच्चमानकका आधारमा निर्मित तथा विकसित ओपोका उत्पादनहरु उच्च गुणस्तरिय हुने गर्छन् । यी उत्पादनहरुमा कम्पनीले १ लाख(भोल्यूम बटन टेस्ट, २ लाख(पावर बटन टेस्ट, २८ हजार( १० सीएम ड्रप टेस्ट परिक्षण गरिएका हुन्छन् ।

सार्वजनिक नयाँ उत्पादनका बारेमा बोल्दै ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने, ‘आफ्ना उपभोक्तामा झन याँनयाँप्रविधि पस्कन ओपो हरदम प्रतिबद्ध छ । ओपो ए १२ मार्फत थप उपभोक्ता माझ मेनस्ट्रिम प्रविधिको फूलप्याकेज पस्कँदै तिनलाई अझ सहज र बौद्धिक तथा स्मार्ट जीवनतिर अग्रसर गराउनु हाम्रो उद्देश्य हो ।’

बजार उपलब्धता

ओपो ए १२ को ३ जीबी ¥याम + ३२ जीबी रोम भ्यारियण्टको मूल्य रु. १८,५९० निर्धारण गरिएको छ र ४ जीबी ¥याम + ६४ जीबी रोम भ्यारियण्टको मूल्य रु. २०,७९० निर्धारण गरिएको छ ।