neapl investment mega bank
  • गृहपृष्ठ
  • नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु ,मृतकको संख्या ५७ पुग्यो

नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु ,मृतकको संख्या ५७ पुग्यो

Aug 2nd, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, १८ साउन

पालमा कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले
पर्सामा एक महिलाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको जानकारी दिए ।

मृत्यु हुनेमा पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका-१६ नम्बा बस्ने ६८ वर्षीया महिला रहेकी छन् । उनको साउन १७ गते निधन भएको हो । उनी साउन १४ गते ज्वरो ,खोकि र स्वासप्रस्वास समस्या भएपछि नारायणि बयोद्या अस्पताल वीरगञ्जको आइसियुमा भर्ना भएकि थिइन्। उनको स्वास्थ अवस्था थप जटिल भए पछि श्रावण १७ गते बेलुका नारायणि कोभिड अस्पताल रिफर गरिएको थियो ।उनलाई अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । उनी मधुमेह तथा उच्च रक्तचापको बिरामी थिइन् । निज महिलामा श्रावण १६ गते कोरोमा पुष्टि  भएको थियोे ।

यो सँगै नेपालमा कोभिड –१९ बाट मृत्यु हुनेको सङ्ख्या ५७ पुगेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi