neapl investment mega bank
  • गृहपृष्ठ
  • मट्टीतेल मिसिएको डिजल थानकोट डिपोमा खन्याइयो,समितिको सुझाव लत्याउँदै आयल निगमबाट मिसावट गर्ने व्यवसायीलाई छुट

मट्टीतेल मिसिएको डिजल थानकोट डिपोमा खन्याइयो,समितिको सुझाव लत्याउँदै आयल निगमबाट मिसावट गर्ने व्यवसायीलाई छुट

Aug 2nd, 2020

आधारभूमि संवाददाता

काठमाडौं, साउन १८

पेट्रोलियम पदार्थको खरिद तथा विक्रीमा अहिले आयल निगमको एकाधिकार छ । जसका कारण नै अहिले यो सस्ंथामा नाफामा टिकिरहन सकेको छ । आयल निगम सरकारी सस्थान भएपनि यसमा दबदवा भने निजी क्षेत्रका व्यवसायीको छ । आयलत निगम प्रशासन त निजी व्यवसायीको सामु निरिह बनेको छ।

यसको पछिले उदाहरण हो, डिजलमा भारतमा कोटामा सस्तोमा पाइने तेल मिसाएर ल्याउदा देखावटी कार्वाहि हुनु । अन्य समयमा भन्दा देशमा संकट रहेका बेलामा गरिने अपराधलाई जघन्य अपराध मानिन्छ ।

गत फागुनमा भारतबाट पाइपलाइनमा केहि दिन तेल आउन सकेन । किनभने भारतले युरो ६ को मापदण्ड बमोजिमको तेल उत्पादन गर्दै थियो । जसका लागि प्रशोधन केन्द्रमा फिल्टर फेर्नुपर्ने थियो । भारतबाट तेल नआउँदा उपत्यकामा तेल सटेज हुन नदिन निगमले भारतको बरौनीबाट तेल ल्याउने निर्णय गर्याे । जसका लागि केहि ट्यांकर भारतको बरौनी पठाइयो ।

तर ४ वटा ट्यांकरले डिजलमा भारतमा सस्तोमा पाइने मट्टीतेल मिसाएर ल्याएका थिए । मिसावटयुक्त इन्धन ल्याउने ट्यांकर केशवकुमार उप्रेती, प्रसादकुमार श्रेष्ठ, कुलवीर सिंह र पुरुषोत्तम अर्यालका हुन् । अर्याल पेट्रोलियम डिलर्स एसोसिएसन र ढुवानी महासंघका महासचिव विश्व अर्यालका भाइ हुन् ।

अर्यालको पहुचका आधारमा दोषिलाई कम कार्वाहि गरि छुट दिइएको छ । निगमका अनुसार यि ४ वटै ट्यांकरलाई ६ महिना तेल बोक्न नपाउने कार्वाहि गरिएको छ । साथै, मिसावटयुक्त तेल थानकोट डिपोमा मिसाइएको छ ।

चारवटा ट्यांकरको डिजलामा म्टीतेल भेटिएपछि थानकोट डिपोले तेल नमिसाई राख्यो । यसपछि यस विषयमा अध्ययन गर्न वाणिज्य विभागका निर्देशक सागर मिश्र संयोजक रहेको एक समिति बन्यो ।

समिलते गत जेठ २९ मा अध्ययन प्रतिबेदन बुझाउँदै चारवटै ट्यांकरको डिजेल बिक्री गर्न नमिल्ने भन्दै नष्ट गर्न सुझाव दिएको थियो । तर, निगम आफैले गठन गरेको बोर्डको निर्णयलाई लत्याएर आफुखुसी देखावटी नाम मात्रैको कार्वाहि गरेको छ ।

चारवटै ट्यांकरमा गरी ८० हजार लिटर डिजेल मिसावटयुक्त रहेको निगमले गठन गरेको समितिको छानबिनबाटै देखिइसकेको छ । समितिले त तेल नष्ट गर्नुका साथै व्यवसायीलाई आधा इन्धनको मूल्य बराबर जरिवाना तिराउन पनि भनेको थियो ।

मिसावटयुक्त इन्धन बिक्रीमा संलग्न ट्यांकर व्यवसायीलाई नेपाल आयल निगम कारवाही गर्नुको साटो उन्मुक्ति दिएको छ । आफैले गठन गरेको छानबिन समितिको सिफारिसलाई नै लत्याएर निगम व्यवस्थापनले दोषी व्यवसायीलाई जोगाएको हो ।

निगम व्यवस्थापनमाथि व्यवसायीको प्रभावमा परेर दोषीलाई जोगाएको आरोप लागेको छ । उसले छानविन समितिको प्रतिवेदन सार्वजनिक गर्नै नमान्नु र जरिवाना असुल नगरिनुले त्यो आरोप सहि सावित भएको छ।