neapl investment mega bank
  • गृहपृष्ठ
  • अपरिचित व्यक्तिले धारिलो हतियार प्रहार गर्दा श्रीमतीको मृत्यु, श्रीमान घाइते

अपरिचित व्यक्तिले धारिलो हतियार प्रहार गर्दा श्रीमतीको मृत्यु, श्रीमान घाइते

Aug 1st, 2020

कन्चनपुर, १७ साउन

बेलौरी नगरपालिका-७ भगतपुर बस्ने ५५ वर्षीया बेलु देवी खातीको अपरिचित ब्यक्तिले धारिलो हतियार प्रहार गर्दा शनिबार मृत्यु भएको छ भने खातीका श्रीमान ६३ वर्षीय घनश्याम खाती घाइते भएका छन् ।

घनश्याम पिसाब गर्न घर बाहिर निस्केको अवस्थामा अपरिचित ब्यक्तिले धारिलो हतियार प्रहार गर्दा बेलु समेत बाहिर आएर गुहार मागेको अवस्थामा उनलाई समेत धारिलो हतियार प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको हो ।

घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले घाइते घनश्यामलाई उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाएकोमा थप उपचारको लागि नेपालगञ्ज मेडिकल कलेज बाँके लगिएको छ ।

घटनामा शंकास्पद २ जनालाई नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi