neapl investment mega bank
  • गृहपृष्ठ
  • आर्थिक प्रलोभन देखाई प्रहरीलाई दुर्व्यवहार गर्ने ४ सवारी चालक पक्राउ

आर्थिक प्रलोभन देखाई प्रहरीलाई दुर्व्यवहार गर्ने ४ सवारी चालक पक्राउ

Aug 1st, 2020

मकवानपुर, १७ साउन

प्रहरीलाई आर्थिक प्रलोभन देखाई दुर्व्यवहार गरेको अभियोगमा ४ जना सवारी चालकलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा ना.८ ख २४२२ नम्बरको गाडीका चालक मकवानपुर गढी गाउँपालिका-४ बस्ने २६ वर्षीय जितेन्द्र विष्ट, ना.६ ख १५४३ नम्बरको ट्रकका चालक रौतहट चन्द्रपुर नगरपालिका-६ बस्ने २० वर्षीय सुमन मगर, प्रदेश २-०३००१ ख १४८७ नम्बरको ट्रकका चालक रौतहट चन्द्रपुर नगरपालिका-४ बस्ने २६ वर्षीय रामजन राई र को.१ ख ७३०९ नम्बरको मिनीट्रकका चालक सिरहा गोलबजार नगरपालिका-८ बस्ने २० वर्षीय नौसाद मिक्रान रहेका छन् ।

ईलाका प्रहरी कार्यालय नेवारपानी तथा ईलाका प्रहरी कार्यालय पशुपतिनगरको चेकपोष्टमा जाँच गर्ने क्रममा सुरक्षा मापदण्ड विपरित राँगाभैंसी लोड गरी ल्याउँदै गरेका उक्त गाडीहरु जाँच गर्ने क्रममा डिउटीमा खटिएका प्रहरीलाई आर्थिक प्रलोभनमा पारी दुर्व्यवहार समेत गरेपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूलाई सार्वजनिक हित र नैतिकता विरूद्धको कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi