गलकोट, १७ साउन
बागलुङको रामरेखा बागलुङ्गेचौर र पर्वत जिल्लाको कुस्मास्थित अदुवाबारी जोड्ने गरी कालीगण्डकी नदीमा निर्माण गरिएको लामो झोलुङ्गे पुल सर्वसाधारणका लागि खुला गरेपछि शुक्रबार पुल पार गर्नेको र हेर्नेको भीड । पुललाई खुला प्रकृति विधामा विश्वकै लामो भनेर दाबीसमेत गरिएको छ । रु ६ करोड ९१ लाखको लागमा बनेको पुल ५६७ मिटर लामो र १३८ मिटर उचाइको रहेको छ ।
तस्वीर : खेमराज गौतम/रासस