काठमाडौ, साउन १७
नेपाल फाइनान्स कम्पनी लि. को रिक्त रहेको दुई संचालक नियुक्त भएका छन् । सर्वसाधारण शेयरधनीको प्रतिनिधित्व गर्दै पानस इनभेष्टमेन्ट प्रा.लि.को तर्फबाट रोजीना श्रेष्ठ र स्वतन्त्र संचालकमा आनन्द कृष्ण ताम्राकार नियुक्त भएका छन् । यो नियुत्ती संगै कम्पनीको संचालक समितिले पूर्णता पाएको छ ।
नेपाल राष्ट्र बैंकले फाइनान्सलाई ५ बर्ष अघि समस्याग्रस्त घोषण गरिएकोमा २०७६ मंसिर २५ गतेबाटसशर्त फुकुवा कारोबार शुभारम्भ गरेको थियो ।प्रमुख कार्यकारी अधिकृतमा उध्दबराज थपलियाको नेत्रुत्वमाआषाढ मसान्त सम्ममा २१ करोड निक्षेप संकलन गरी १२ करोड कर्जा प्रबाह गर्न फाइनान्स सफल भएको छ । कमलादीमा केन्द्रिय कार्यलय तथा नयाँसडकमा शाखा कार्यालय संचालनमा रहेको संस्थाले भविश्यमा देशका विभिन्न भागमा सखा संचालनमा ल्याउने गरी कार्ययोजना तयारी गरेको छ ।
प्रा.हिरेन्द्रमान प्रधान अध्यक्ष, चन्द्र कुमार राई , दिप्रश शाक्य , राजन प्रजापती, रोजीना श्रेष्ठ, आनन्द कृष्ण ताम्राकार र लक्ष्मी महर्जन गरी फाइनान्सको ७ जना संचालक रहेका छन् ।