neapl investment mega bank
  • गृहपृष्ठ
  • आफ्नै बुबा, आमा र हजुरबुबालाई खुकुरी प्रहार

आफ्नै बुबा, आमा र हजुरबुबालाई खुकुरी प्रहार

Jul 31st, 2020

ईलाम, १६ साउन

आफ्नै बुबा, आमा र हजुरबुबालाई धारिलो हतियार खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा सूर्योदय नगरपालिका-४ सिद्दीखोला बस्ने २३ वर्षीय समिर घलेलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

मादक पदार्थ सेवन गरी घरायसी विवादका कारण घलेले आफ्नै बुबा, आमा र हजुरबुबालाई खुकुरी प्रहार गर्दा घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी श्रीअन्तुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घाइतेहरुको स्थानीय मेडिकलमा उपचार भइरहेको र अवस्था सामान्य रहेको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi