आधारभूमि संवाददाता
काठमाडौँ, १६ साउन
विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण ६ लाख ७६ हजार ७५९ व्यक्तिको मृत्यु भएको छ ।
नेपाली समय शुक्रबार ९:०० बजे सम्म विश्वभरीमा एक करोड ७४ लाख ७४ हजार ६९१ जना व्यक्ति कोरोना सङ्क्रमित भएका छन् ।
सङ्क्रमितमध्ये हालसम्म एक करोड ९ लाख ३७ हजार ७७१ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ५८ लाख ६० हजार १६१ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरूको उपचार भइरहेको छ । सङ्क्रमितमध्ये ६६ हजार ३७२ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस सङ्क्रमणका कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।
स्रोत : वर्ल्डोमीटर
https://www.worldometers.info/coronavirus/ h