neapl investment mega bank
  • गृहपृष्ठ
  • पत्रकारमाथि भएको दुुव्र्यवहारप्रति महासंघको ध्यानाकर्षण

पत्रकारमाथि भएको दुुव्र्यवहारप्रति महासंघको ध्यानाकर्षण

Jul 30th, 2020

काठमाडौ, साउन १५

पत्रकारमाथि भएको दुुव्र्यवहारप्रति नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको जनाएको छ । महासंघले समाचार संकलनका क्रममा अनलाइन खवर डटकमका सहसम्पादक विश्वासकुमार खड्काथोकीमाथि भएको दुव्र्यवहारको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

बिज्ञप्तीमा भनिएको छ, कोभिड १९ को विषयमा सरकारले जनताको स्वास्थ्यमाथि खेलबाट गरेको विरोधमा काठमाडौंको बसन्तपुरमा अनसनरतहरुको सन्दर्भमा साउन १३ गते समाचार संकलन गर्ने क्रममा ‘इनफ इज इनफ’ आन्दोलनका एक अभियन्ताले पत्रकार खड्काथोकीमाथि दुव्र्यवहार गरेका थिए ।

स्वतन्त्ररुपमा पेशागत धर्म निर्वाह गर्ने पत्रकारमाथि कुनै पनि पक्षबाट दुव्र्यवहार हुनु निन्दनीय हुनुका साथै प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप हो । महासंघ प्रेसको संवैधानिक अधिकारको सम्मान गर्न, पत्रकारलाई स्वतन्त्र र निर्वाध काम गर्ने वातावरण बनाउन तथा यस्ता घटना नदोहो¥याउन सम्बन्धित निकायसँग माग गर्दछ, महासंघले बिज्ञप्तीमा भनिएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi