neapl investment mega bank
  • गृहपृष्ठ
  • नेपालमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु ,मृतकको संख्या ५२ पुग्यो

नेपालमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु ,मृतकको संख्या ५२ पुग्यो

Jul 30th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, १५ साउन

नेपालमा कोरोना सङ्क्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पर्सामा २ र मोरङमा १ जनाको पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको जानकारी दिए ।

मृत्यु हुनेमा पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका-७ का ७० वर्षीय वृद्ध , पर्सा वीरगञ्ज वडा नम्बर- ५ का ६८ वर्षीय पुरुष र मोरङको सुनवसी—८ का ४५ वर्षीय पुरुष रहेका छन् ।

यो सँगै नेपालमा कोभिड –१९ बाट मृत्यु हुनेको सङ्ख्या ५२ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा २७ वटा प्रयोगशालामा पीसीआर विधिबाट ६ हजार ३०४ जनाको परीक्षण भएको छ । क्वारिन्टिनमा रहेका व्यक्तिहरुको सङ्ख्या १३ हजार २०१ रहेको छ । कोरोना सक्रिय संक्रमितको संख्या ५ हजार २ सय २७ छ। पाँच सयभन्दा बढी सङ्क्रमित हुने जिल्लामा कैलाली र रौतहट रहेका छन् । हालसम्म ३ लाख ६४ हजार ६ सय ४८ जनाको पिसिआर परीक्षण भएको छ।

पछिल्लो २४ घण्टामा २२७ जना संक्रमण निको भएर डिस्चार्ज भएका छन् भने योसँगै डिस्चार्ज हुनेको कूल संख्या १४ हजार २४८ रहेको छ । सङ्क्रमितहरु नहुने जिल्लामा भोजपुर ,संखुवासभा, रसुवा, मनाङ र मुस्ताङ जिल्ला रहेका छन् ।

aadharbhumi
aadharbhumi
aadharbhumi