आधारभूमि संवाददाता
काठमाडौं, साउन १५
खेतान ग्रुपको अहिले हिमालयन बैंक र लक्ष्मी बैंकमा लगानी छ । र हिमालयन बैंकमा लगानी रहेको पृथ्बी बहादुर पाण्डेको इन्भेष्टेमेन्टमा पनि लगानी छ। लगानी एक आपसमा भएको हिसाबले त यि तिनै बैंक गाभिएर ३३ अर्बको बैंक बन्नु पर्ने देखिन्छ ।
राष्ट्र बैंकले सोमबार जारी गरेको परिपत्र अनुसार एकै ब्यापारीक समुह र एकै ब्यक्तिको लगानी भएका दुबै बैंक अब गाभिनु पर्छ । अर्थात त्यस्ता बैंकलाई गाभिन राष्ट्र बैंकले निर्देशन नै दिने भएको छ । आखिर यस्ता बैंक कुन कुन हुन् त ? हेरौ ।
खेतान ग्रुपको म्युच्युल ट्रेडिङ कम्पनीको हिमालय बैंकमा ११ दशमलव ७५ प्रतिशत संस्थापक सेयर लगानी छ । त्यस्तै खेतान ग्रुपकै प्रमुख राजेन्द्र खेतानको लक्ष्मी बैंकमा ४२ लाख कित्ता र उनको श्रीमति सारिका खेतानको ८१ लाख २८ हजार ७ सय ६३ कित्ता संस्थापक सेयर छ ।
त्यस्तै हिमालयन बैंकमा समेत लगानी रहेका पृथ्बी बहादुर पाण्डे नेपाल इन्भेष्टमेन्ट बैंकमा पनि लगाण्नी छ।
यसैगरि एनआइसि एसिया बैंक र एनएमबी बैंक दुबैमा बिशाल ग्रुपको लगानी छ । एनआइसि एसियामा बिशाल ग्रुपका अध्यक्ष जगदिश प्रसाद अग्रवालको ४ लाख ९९ हजार कित्ता संस्थापक सेयर लगानी रहेको छ ।
त्यस्तै बिशाल ग्रुपकै प्रवन्ध निर्देशक अशोक कुमार अग्रवालको एनएमबी बैंकमा ४ लाख ८२ हजार ३ सय ५७ कित्ता संस्थापक सेयर लगानी छ । संघाइहरुको त्रिबेणी ग्रुपका अध्यक्ष पुरुषोत्तमलाल संघाईको एनएमबी बैंकमा ८ लाख ६२ हजार ९ सय ९५ कित्ता संस्थापक सेयर लगानी छ । र यहि समुहका निर्देशक रामचन्द्र संघाईको एनआइसि एसिायामा २८ लाख ४० हजार १ सय २३ सस्थापक सेयर छ भने १० लाख ५८ हजार ८३ कित्ता सर्वसाधारण सेयर छ ।
त्यस्तै एनबी ग्रुपको एनसीसी बैंकमा ३ दशमलव ७५ प्रतिशत हिस्सा छ । र यही ग्रुपका प्रमुख जितबहादुर श्रेष्ठको नेपाल बंगलादेश बैंकमा दुई दशमलव ६१ प्रतिशत हिस्सा र सोहि ग्रुपका लक्ष्मी बहादुर श्रेष्ठको शुन्य दशलमव ६३ प्रतिशत हिस्सा छ ।
एकै घरानाका बैंकहरु गाभिएलान त ? यो त राष्ट्र बैंकले आगामी दिनमा कस्तो खालको रणनीति अपनाउछ भन्नेमा नै भर पर्नेछ ।