neapl investment mega bank
  • गृहपृष्ठ
  • पहिरोमा पुरिएर एकै परिवारका ७ सहित ९ जनाको मृत्यु

पहिरोमा पुरिएर एकै परिवारका ७ सहित ९ जनाको मृत्यु

Jul 29th, 2020

कालिकोट, १४ साउन

बर्षाको कारण बुधबार बिहान माथिबाट पहिरो जाँदा नरहरीनाथ गाउँपालिका-४ माझगोटी बस्ने ६५ वर्षीय बले बुढाको घर र सोही गाउँपालिका-७ डाघा बस्ने गंगे बुढाको घर समेत पहिरोले पुरिदा ९ जनाको मृत्यु भएको छ ।

उक्त स्थानमा पहिरो गएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कुमालगाउँबाट खटिएको प्रहरीले स्थानीयहरुको सहयोगमा पुरिएका व्यक्तिको खोजी गर्ने क्रममा गंगे बुढाको ६ जना परिवार र बले बुढा तथा उनकी श्रीमतीको शव फेला पारेको हो । साथै प्रहरीले गंगे बुढाको १८ वर्षीया छोरी बिमला बुढालाई उद्दार गरी उपचारका लागि स्वास्थ्य केन्द्र कुमालगाउँ पठाइएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो । घटनास्थलमा तत्काल खटिएको स्थानीय प्रहरीले आवश्यक उद्दार गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi