neapl investment mega bank

अवैध लागूऔषध सहित पक्राउ

Jul 29th, 2020

काठमाडौं, १४ साउन

मोरङ, बिराटनगर महानगरपालिका-२ स्थित वरगाछी चोकबाट ५ सय ३० ग्राम ९३ मिलिग्राम अवैध लागूऔषध मेथएम्फेटामाईनसहित सुन्दरहरैंचा नगरपालिका-८ बस्ने ४२ वर्षीय राजन भन्ने राम प्रसाद पोख्रेललाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय बिराटनगर र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको संयुक्त प्रहरी टोलीले को.३७ प ८३१६ नम्बरको मोटरसाईकलमा सवार उनलाई शंका लागी जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा बुझाइएको लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरले जनाएको छ ।

पर्सा, बीरगंज महानगरपालिका-१२ गण्डक चोकबाट नियन्त्रित लागूऔषध २ सय एम्पुल नुर्फिन, २ सय एम्पुल फेनारगन र २ सय एम्पुल डाइजेपामसहित बारा विश्रामपुर गाउपालिका-५ इटियाही बस्ने १९ वर्षीय शेख अजादलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi