neapl investment mega bank

काठमाडौं उपत्यकामा थपिए १५ संक्रमित

Jul 29th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, १४ साउन

काठमाडौंमा थप १५ जनामा कोभिड–१९ का सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उपत्यकामा १५ जनाको पिसिआर पोजेटिभ आएको बताए ।

नयाँ संक्रमितमा काठमाडौंका १४ र भक्तपुरका १ जना रहेको प्रवक्ता गौतमले जानकारी दिए । मंगलवार काठमाडौं उपत्यकामा एकै पटक थपिए ५३ संक्रमित थपिएका थिए ।

त्यस्तै पछिल्लो २४ घण्टामा २७ वटा प्रयोगशालामा पीसीआर विधिबाट ६ हजार ३७ जनाको परीक्षण भएको छ । क्वारिन्टिनमा रहेका व्यक्तिहरुको सङ्ख्या १४ हजार ४७१ रहेको छ । कोरोना सक्रिय संक्रमितको संख्या ५ हजार २ सय ३ छ। पाँच सयभन्दा बढी सङ्क्रमित हुने जिल्लामा कैलाली र रौतहट रहेका छन् ।

पछिल्लो २४ घण्टामा १४६ जना संक्रमण निको भएर डिस्चार्ज भएका छन् भने योसँगै डिस्चार्ज हुनेको कूल संख्या १४ हजार २१ रहेको छ । सङ्क्रमितहरु नहुने जिल्लामा भोजपुर ,संखुवासभा, रसुवा, मनाङ र मुस्ताङ जिल्ला रहेका छन् । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ४९ पुगेको छ।

aadharbhumi
aadharbhumi
aadharbhumi