neapl investment mega bank
  • गृहपृष्ठ
  • निजामती कर्मचारीको निर्वाचन गर्न कार्यालय स्थापना

निजामती कर्मचारीको निर्वाचन गर्न कार्यालय स्थापना

Jul 29th, 2020

काठमाडौँ, १४ साउन /रासस

निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचनका लागि निर्वाचन कार्यालय स्थापना गरिएको छ ।

सिंहदरबार परिसरमा असोज २४ गते हुने निर्वाचनका लागि कार्यालय स्थापना गरिएको युनियनका कावा अध्यक्ष भोला पोखरेलले जानकारी दिनुभयो ।

विसं २०७३ जेठ १९ गते भएको युनियनको निर्वाचनमा पुण्यप्रसाद ढकालको नेतृत्वमा निर्वाचित पदाधिकारीको पदावधि छ महिना बाँकी छ । अध्यक्ष ढकाल उपसचिवमा बढुवा भएपछि अहिले कावा अध्यक्षको रुपमा पोखरेल हुनुहुन्छ । सरकारले निर्वाचनका लागि कलानिधि पौडेल प्रमुख निर्वाचन अधिकृत तोकेको छ । कावा अध्यक्ष पोखरेलले निर्वाचन कार्यालय स्थापनासँगै मतदाना नामावली, निर्वाचन कार्यविधि तयार गरिने बताउनुभयो ।

उहाँले निर्वाचन कार्यालय स्थापना भए पनि कोभिड–१९ र त्यतिबेला नै कर्मचारीको सरुवा हुने भएकाले तोकिएको समयमा निर्वाचन गर्न कठिनाइ हुने बताउनुभयो । करिब ९२ हजार निजामती कर्मचारी सहभागी हुने निर्वाचन पूर्ण समानुपातिक प्रणालीमा देशभर एकै पटक हुने छ ।

निर्वाचनमा नेपाल निजामती कर्मचारी सङ्गठन, नेपाल निजामती कर्मचारी सङ्घ युनियन, मधेशी कर्मचारी मञ्चलगायत कर्मचारीका सङ्घ सङ्गठनको सहभागिता हुनेछ । कावा अध्यक्ष पोखरेलले निर्वाचनमा स्वास्थ्य सेवाका कर्मचारीलाई पनि समेट्नुपर्ने बताउनुभयो । स्वास्थ्य सेवामा करिब २२ हजार कर्मचारी छन् ।

aadharbhumi
aadharbhumi
aadharbhumi