neapl investment mega bank

तास खेलिरहेका ११ जना पक्राउ

Jul 29th, 2020

काठमाडौं, १४ साउन

सोलुखुम्बु, सोताङ गाउँपालिका-५ बस्ने गणेश राईको घरमा जुवातास खेलिरहेका सोही गाउँपालिका-४ बस्ने ३७ वर्षीय दुर्गा प्रसाद राई लगायत ४ जनालाई नगद १४ लाख ६५ हजार रुपैयाँ, २९ लाख रुपैयाँको ४ थान बैंक चेक र तास सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । तास खेलिरहेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सोताङबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

कास्की, पोखरा महानगरपालिका-१९ लामाचौर ठुलीपोखरी मार्ग बस्ने ४० वर्षीय सुनिल गुरुङको घरमा जुवातास खेलिरहेको अवस्थामा गुरुङ लगायत ७ जनालाई नगद ४३ हजार ३ सय १५ रुपैयाँ र ४ बुक तास सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । खबर प्राप्त भएपछि वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi