neapl investment mega bank
  • गृहपृष्ठ
  • सिद्धार्थ बैंकको नौ दसमलव पाँच प्रतिसत व्याजमा मझौला कर्जा

सिद्धार्थ बैंकको नौ दसमलव पाँच प्रतिसत व्याजमा मझौला कर्जा

Jul 29th, 2020

काठमाडौं, साउन १४

सिद्धार्थ बैंक लिमिटेडले साना तथा मझौला व्यवसायलाई लक्षित गर्दे एसएमई कर्जा (साना तथा मझौला कर्जा) मा आकर्षक योजना ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकहरुले नौ दसमलव पाँच प्रतिसत वार्षिक ब्याजदरमा नै एसएमई कर्जा प्राप्त गर्न सक्नेछन ।

कोभिड–१९ महामारीले अर्थव्यवसायमा परिरहेको असहज परिस्थितिका बावजुद पनि कर्जा सुविधालाई सहजीकरण गर्न उद्देश्यले “जस्तो सुकै परिस्थिति होस्, नरोकियोस् केहि गर्ने जोस नारा सहित यो योजना ल्याएको छ । सिमित अवधिको लागि ल्याइएको यस योजनाबाट सम्बन्धित सबै पक्षले लाभ लिन सक्ने बैंकले अपेक्षा लिएको छ ।

यस योजनाले देशको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेका साना तथा मझौला व्यवसायहरुलाई टेवा पु¥याउने विश्वास बैंकले लिएको छ ।