neapl investment mega bank
  • गृहपृष्ठ
  • १८ जलविद्युत आयोजनाको विद्युत उत्पादन खेर गयो, प्रसारणलाइन निर्माणमा छैन चासो

१८ जलविद्युत आयोजनाको विद्युत उत्पादन खेर गयो, प्रसारणलाइन निर्माणमा छैन चासो

Jul 29th, 2020

आधारभूमि संवाददाता

काठमाडौं,साउन १४

वर्षा लागेसँगै उत्पादन बढेपछि १८ वटा जलविद्यु आयोजनाको विद्युत खेर गएको छ । प्रसारणलाइनको अभावमा जलविदुत आयोजनाले अहिले पुर्ण क्षमतामा विद्युत उत्पादन गर्न सकेका छैनन् ।

कम क्षमताका प्रसारणलाइनबाट विद्युत पठाउनुपर्दा उत्पादन घटाउनु परेको हो । ठूला क्षमताको प्रसारणलाइन निर्माणको काम अघि बढाएको भएपनि अहिलेसम्म निर्माण सम्पन्न भएको छैन ।

सोलुखुम्बुमा सोलु खोला जलविद्युत आयोजनाको १७ मेगावाट विद्युत चैतबाट खेर गइरहेको छ । १ सय ३२ केभीको सोलु कोरिडोरको निर्माण नसकिएकाले सोलु खोलाको विजुली राष्ट्रिय प्रसारणलाइनमा जोडिएको छैन ।

दोखलामा २५ मेगावाटको सिंगटी खोला जलविद्युत आयोजना सम्पन्न भएपनि उसले १ सय ३२ केभीको सिंगटी– लामोसाँघु प्रसारण लाइन नबनेकाले व्यावसायिक उत्पादन थालेको छैन ।

प्रसारण लाइनको समस्याले १३ दशमलव ६ मेगावाटको थापाखोला, ५ मेगावाटको पिखुवा खोला, ४ मेगावाटको सभा खोला, ४ दशमलव ४ मेगावाटको हेवा खोला र ३ मेगावाटको पिलुवाखोला पनि पूर्ण क्षमतामा चलेका छैनन् ।

दोलखा करिडोरमा रहेका १० मेगावाटको सुप्रिम खोला, ४ मेगावाटको चर्नावती २ दशलमव ४ मेगावाटको जिरी र २ दशमलव ८ मेगावाटको साकेखोला जलविदुत आयोजना जम्मा ३० प्रतिशत क्षमतामा मात्रै चलेका छन् । बर्षा लागेसँगै पुर्ण क्षमतामा चल्न संभव भएपनि प्रसारणलाइनबाट पुर्ण क्षमतामा बिजुली प्रसारण गर्न संभव नभएपछि ३० प्रतिशत मात्रै उत्पादन गरेका छन् ।

त्यसैगरि लमजुङ करिडोरमा रहेका आयोजनाले पनि ५० प्रतिशत मात्रै विदुत उत्पादन गरेका छन् । ४ मृगावाटको खुदी, ५ मेगावाटको सिउरी , ४ दशमलव ५ मेगावाटको रादी, २ दशमलव ५ मेगावाटको छ्याङदी खोलाले ५० प्रतिशत मात्रै विद्युत उत्पादन गरेका छन् ।

निजी क्षेत्रको लगानीमा अहिले करिब २८ सय मेगावाटका जलविद्युत आयोजना निर्माणाधिन छन् । प्राधिकरणले नै बनाइरहेको ४ सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी सम्पन्न हुने चरणमा छ । अहिले रातको समयमा २ सय मेगावाट विद्युत खेर गइरहेको छ, माग बढाउन नसके एक वर्षपछि ६ सय मेगावाट विद्यूत खेर जाने प्राधिकरणकै प्रक्षेपण छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi