neapl investment mega bank
  • गृहपृष्ठ
  • तोकिएको समयमै जिम्मेवारी पूरा गर्ने परिपाटीको विकास गर्न निर्देशन

तोकिएको समयमै जिम्मेवारी पूरा गर्ने परिपाटीको विकास गर्न निर्देशन

Jul 28th, 2020

काठमाडौँ, १३ साउन /रासस

अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले कार्यतालिका अनुसार तोकिएको समयभित्रै जिम्मेवारी पूरा गर्ने परिपाटीको विकास गर्न निर्देशन दिनुभएको छ । सञ्चार मन्त्रालयमा आज आयोजित आव २०७६/७७ को वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा उहाँले तोकिएको जिम्मेवारी भोलि पूरा गरौँला भन्ने भन्दा पनि अहिल्यै, आजै पूरा गर्ने सोचको विकास गर्न निर्देशन दिनुभयो ।

“भोलि गरौँला, जेठ, असारमा सबै काम गरौँला भन्दा अहिलेको अवस्था आएको हो”, कार्यतालिकाभित्र तोकिएको जिम्मेवारी सम्पन्न नसक्दाको परिणाम देखाउँदै उहाँले भन्नुभयो । आफू र मन्त्रालयका सचिव तथा मन्त्रालयका सचिव र मन्त्रालयका उच्च अधिकारी एवं मातहतका कार्यालय प्रमुखबीच भएको कार्यासम्पादन सम्झौता अनुसार काम गर्न निर्देशन दिँदै उहाँले मन्त्री तथा सचिव फेरिन्छन् भनी ढिलासुस्ती नगर्न आग्रह गर्नुभयो । मन्त्री खतिवडाले भन्नुभयो, “यो संस्थागत सम्झौता हो, मन्त्री, सचिव, सहसचिव फेरिएर सम्झौता फेरिदैनन्, आफू जिम्मेवारीमा रहँदासम्म जिम्मेवार भएर काम गर्नुहोस् ।”

कानून मिचेर गरिने कामकारबाही अनियमित हुने भन्दै उहाँले जतिसुकै राम्रो काम गरे पनि विधि नपुगे बिग्रने बताउनुभयो । मन्त्री खतिवडाले विधि प्रक्रिया पु¥याएर काम गर्न सचेत गराउनुभयो । मन्त्रालय र मातहतका निकायबीचको समन्वयलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै उहाँले सम्बन्धित कार्यालयको बोर्डमा प्रतिनिधित्व गर्ने व्यक्तिले कुनै नयाँ निर्णय गर्नुअघि आफू माथिको जिम्मेवार अधिकारीसँग परामर्श गर्न निर्देशन दिनुभयो । “यसले मन्त्रालय र मातहतको निकायबीच थप समन्वय पैदा गर्छ”, उहाँले भन्नुभयो ।

आफू जवाफदेहितासहितको स्वायत्तताको पक्षमा रहेको उल्लेख गर्दै मन्त्री डा खतिवडाले स्वायत्तताभित्रको अराजकता स्वीकार्य नहुने र त्यो कारबाही योग्य हुने बताउनुभयो । सूचना प्रविधिको बढ्दो विकासले दैनिक जनजीवनमा सहजता ल्याएको भए पनि यसको सुरक्षा र नियमनमा ढिलाइ गर्न नहुनेमा उहाँको जोड थियो । दूरसञ्चार सेवाको पहुँच बढाउन ध्यान दिन आग्रह गर्दै उहाँले भइरहेको संरचनाको मर्मत सम्भार गरेर सेवा सुचारु गर्न बजेटको अभाव हुन नदिइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सार्वजनिक प्रसारण संरचनाको क्षमता विकास गरेर अगाडि बढ्नुपर्ने बताउँदै उहाँले परिमाणसँगै गुणस्तरमा पनि सुधार गरेर जानुपर्नेमा जोड दिनुभयो । “यति भाषा, च्यानल र पानाले तब अर्थ राख्छ, जब यसबाट सम्प्रेषण हुने समाचार, सूचना, जानकारी र विश्लेषणबाट आमजनता सुसूचीत हुन्छन्”, मन्त्री खतिवडाले भन्नुभयो । कोभिड–१९ को महामारीबीच पनि मन्त्रालयले सन्तोषजनक प्रगति हासिल गरेको उहाँको भनाइ थियो ।

मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले कोभिड–१९ को विषम परिस्थितिमा पनि मन्त्रालयले औसत प्रगति गरेकोमा सन्तोष प्रकट गर्नुभयो । बेरुजु फछ्र्योटमा जोड दिन आग्रह गर्दै उहाँले चालु आवमा बेरुजु फछ्र्योट दरलाई ५० प्रतिशतमा पु¥याउन निर्देशन दिनुभयो । “जसरी भए पनि बेरुजु फछ्र्योट दर ५० प्रतिशत पु¥याउनुस्, अहिल्यै चिठी काट्नुहोस्, यसमा मेरो सहयोग रहन्छ ।”

कार्यसम्पादन सम्झौतामा उल्लेखित विषयको कार्यान्वयनमा गम्भीरताका साथ लाग्न आग्रह गर्दै उहाँले आगामी वर्ष मन्त्रालयको प्रगतिको सूचक ८० प्रतिशतभन्दा माथि पु¥याउनुपर्नेमा जोड दिनुभयो । अर्थ मन्त्रालयका उपसचिव जनकराज शर्माले सरकारको नीति कार्यक्रम तथा बजेटमा उल्लेख गरिएको कार्यक्रमलाई समयमै शुरु गर्न तथा अन्तरमन्त्रालय समन्वय गरेर काम गर्न सुझाव दिनुभयो ।

कार्यसम्पादन सम्झौता

कार्यक्रममा सरकारले लिएको लक्ष्य हासिल गर्न मन्त्रालय तथा मातहतका निकायले सम्पन्न गर्नुपर्ने जिम्मेवारी तोकिएको समयमै पूरा गर्न कार्यसम्पादन सम्झौता गरिएको थियो । सञ्चारमन्त्री डा युवाराज खतिवडासँग मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले कार्यसम्पादन सम्झौता गर्नुभयो । यस्तै सचिव बस्यालसँग मन्त्रालयको विभिन्न महाशाखाका प्रमुख, मातहतका विभागका महानिर्देशक, निकाय, बोर्ड, संस्थान तथा समितिका प्रमुखले कार्यसम्पादन सम्झौता गर्नुभएको थियो ।

सचिवसँग कार्यासम्पादन सम्झौता गर्नुभएका विभिन्न निकायका प्रमुखले आफू मातहतका कर्मचारीसँग पनि चालु आवमा सम्पन्न गर्नुपर्ने कामका विषयमा कार्यसम्पादन सम्झौता गरेर एक महिनाभित्र मन्त्रालयमा पठाउनुपर्ने बताइएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi