neapl investment mega bank
  • गृहपृष्ठ
  • सानिमा बैंकको डिजिटल काउन्टर संचालनमा

सानिमा बैंकको डिजिटल काउन्टर संचालनमा

Jul 28th, 2020

काठमाडौ, साउन १३

सानिमा बैंकले ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै नयाँ प्रविधियुक्त बैंकिङ्ग सेवाहरु संचालन गर्दै आइरहेको छ । सोहीक्रममा बैंकले यही साउन १३ गतेदेखि डिजिटल काउन्टर संचालनमा ल्याएको छ । अब डिजिटल काउन्टर मार्फत सानिमा बैंकका ग्राहकहरुले चेक बिना नै भुक्तानी प्राप्त गर्न सक्नेछन । यो सेवा प्रयोग गर्न मोबाइल बैंकिङ्ग एप “सानिमा सजिलो ई बैंकिङ्ग”बाट नक्साल शाखामा रहेको डिजिटल काउन्टरमा गएर क्युआर कोड स्क्यान गरी भुक्तानी प्राप्त गर्न सकिन्छ ।

ग्राहकले चेकबुक भर्नुपर्ने प्रक्रिया बिना सिधै डिजिटल काउन्टरमा रहेको क्युु आर कोड स्क्यान गरी रकम निकाल्न सकिने हुनाले यो सेवा छिटो, छरितो र सरल रहेको छ । यो सेवा हाल सानिमा बैंकको प्रधान कार्यालय नक्सालबाट सुरु गरिएको र समय अनुसार यो सेवामा थप सुविधाहरु समायोजन गरी विस्तार गरिने बैंकले जनाएको छ ।