neapl investment mega bank
  • गृहपृष्ठ
  • प्रहरीद्धारा अवैध हतियार सहित सामान बरामद

प्रहरीद्धारा अवैध हतियार सहित सामान बरामद

Jul 28th, 2020

काठमाडौ, साउन १३

महानगरी प्रहरी परिसर टेकुुले अवैध हतियार सहित सामान बरामद गरेको छ । प्रहरीका अनुसार आज मंगलबार बिहिबार कृष्णपाउरोटी चोक नजिक योजना अनुसारको चेकजाँच गर्दै गरेको बा ६ च ५५१९ नम्बरको स्कोरपियो गाडी प्रहरीले रोक्न खोजेको थियो । सो पश्चात गाडी नरोकी झन गति बढाएको थियो । त्यसपछि प्रहरीले गाडीलाई प्रहरीले पिछा गरेको थियो ।

सोही क्रममा कमलादी स्थित नबिल बैक अगाडि सेतो रङ्गको कपडाको झोला फ्याकी गाडी फरार भएको थियो । झोलामा दुई थान अबैध हतियार र पहेंलो धातु भेटिएको थियो । प्रहरीले गाडी तथा तथा मानिसको खोजतलास कार्य भैरहेको जानकारी दिएको छ । प्रहरीका अनुसार फँयाकिएको झोलामा मेड ईन चाईना लेखिएको पेस्तोल दुुई थान, म्यागाजिन दुुई थान, एक केजी लेखिएको पहेंलो पर्दाथ आठ थान, दुुई सय ५० ग्राम लेखिएको पंहेलो पर्दाथ २६ थान र पाँच सय ग्राम लेखिएको पहंलो पर्दाथ एक थान बरामद भएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi