neapl investment mega bank
  • गृहपृष्ठ
  • नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु ,मृतकको संख्या ४९ पुग्यो

नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु ,मृतकको संख्या ४९ पुग्यो

Jul 28th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, १३ साउन

नेपालमा कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले
बझाङका एक पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको जानकारी दिए ।

मृत्यु हुनेमा बझाङ जिल्ला बुंगल गाउँपालिका-३ स्थाइ ठेगाना भएका ६५ वर्षीय एक पुरुष रहेका छन् । उनको साउन ९ गते घरमै निधन भएको हो । उनी असार २४ गते भारतको बाङ्लोर बाट बझाङ पुगेका थिए । उनी दम रोगका बिरामी थिए ।

यो सँगै नेपालमा कोभिड –१९ बाट मृत्यु हुनेको सङ्ख्या ४९ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा २७ वटा प्रयोगशालामा पीसीआर विधिबाट ५ हजार ३२ जनाको परीक्षण भएको छ । क्वारिन्टिनमा रहेका व्यक्तिहरुको सङ्ख्या १५ हजार ३३१ रहेको छ । कोरोना सक्रिय संक्रमितको संख्या ५ हजार १ सय ३९ छ। पाँच सयभन्दा बढी सङ्क्रमित हुने जिल्लामा कैलाली र
रौतहट रहेका छन् ।

पछिल्लो २४ घण्टामा १२१  जना संक्रमण निको भएर डिस्चार्ज भएका छन् भने योसँगै डिस्चार्ज हुनेको कूल संख्या १३ हजार ८७५ रहेको छ । सङ्क्रमितहरु नहुने जिल्लामा भोजपुर ,संखुवासभा, रसुवा, मनाङ र मुस्ताङ जिल्ला रहेका छन् ।

aadharbhumi
aadharbhumi
aadharbhumi