neapl investment mega bank
  • गृहपृष्ठ
  • खाजा पसलमा तास खेलिरहेको अवस्थामा १० जना पक्राउ

खाजा पसलमा तास खेलिरहेको अवस्थामा १० जना पक्राउ

Jul 28th, 2020

मकवानपुर,१३ साउन

मकवानपुर थाहा नगरपालिका-३ डाँडा गाँउस्थित सुमन बिष्टको खाजा पसलमा तास खेलिरहेको अवस्थामा नगद १८ हजार ७ सय ६६ रुपैयाँ, ५ सय ८० भारतीय रुपैया र ३ बुक तास सहित १० जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा मकवानपुर थाहा नगरपालिका-३ बस्ने ४१ वर्षीय महेश खत्री, ३२ वर्षीय राजन रायमाझी, ३६ वर्षीय हिरेन्द्र कुमार रायमाझी, ३१ वर्षीय सुमन बिष्ट, सोही नगरपालिका-४ बस्ने ४२ वर्षीय कृष्ण राम कार्की, ३८ वर्षीय राम कुमार खत्री, २२ वर्षीय अनिल कार्की, ३२ वर्षीय अमर कुमार तामाङ, सोही नगरपालिका-१ बस्ने ३४ वर्षीय राम भक्त श्रेष्ठ र २४ वर्षीय श्याम कृष्ण प्रधान रहेका छन् ।

उक्त पसलमा तास खेलिरहेका छन सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पालुङ मकवानपुरबाट खटिएको प्रहरीले जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई फेला पारी पक्राउ गरेको हो ।

aadharbhumi
aadharbhumi
aadharbhumi