neapl investment mega bank
  • गृहपृष्ठ
  • गेष्ट हाउसमा आत्महत्या गर्न खोज्ने व्यक्तिको उद्दार

गेष्ट हाउसमा आत्महत्या गर्न खोज्ने व्यक्तिको उद्दार

Jul 28th, 2020

काठमाडौं, १३ साउन

काठमाडौं महानगरपलिका-२६ बिजि मलस्थित एक गेष्ट हाउसको ३०१ नम्बरको कोठामा आत्महत्या गर्ने खोज्ने ३४ वर्षीय एक व्यक्तिको सोमबार बिहान प्रहरीले उद्दार गरेको छ ।

ती व्यक्तिले आफ्नो फेसबुक पेजमा जिन्दगीमा धेरै तनाब भएर केही सोच्ने क्षमता नभएपछि आत्महत्या गर्दैछु कसैको केही दोष छैन, म मरेको खबर मेरो घरमा नपठाइदिनु होला लगायत लेखेर पोष्ट गरेको भन्ने जानकारी प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरी टोलीले उनको सकुशल उद्दार गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi