neapl investment mega bank
  • गृहपृष्ठ
  • कोभिड-१९ सम्बन्धी जनचेतना तथा मास्क वितरण कार्यक्रम सम्पन्न

कोभिड-१९ सम्बन्धी जनचेतना तथा मास्क वितरण कार्यक्रम सम्पन्न

Jul 28th, 2020

बारा, १३ साउन

जिल्ला प्रहरी कार्यालय बाराको आयोजनामा समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सोमबार कलैया उपमहानगरपालिका-१ भारतचोकमा कोभिड-१९ सम्बन्धी जनचेतना तथा मास्क वितरण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा बाराका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डित र जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक कृष्ण प्रसाद पंगेनीद्वारा कोरोना भाइरसबाट कसरी सुरक्षित रहने भन्ने सम्बन्मा आ-आफ्नो विचार राख्नु भएको थियो। सो अवसरमा स्थानीय व्यापारी, पैदलयात्री, सवारी चालक तथा यात्रुहरूलाई सर्जिकल मास्क समेत वितरण गरिएको थियो ।

हालसम्म जिल्ला प्रहरी कार्यालय बाराले मास्क नलगाई हिँड्ने २ हजार २ सय ५७ जना व्यक्तिहरूलाई संक्रामक रोग ऐन, २०२० अनुसार कारवाही गरी २ लाख २५ हजार ७ सय राजश्व समेत संकलन गरेको उक्त कार्यालयले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi