काठमाडौ, साउन १२
नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रा. लि. को सेलपे सेवाले रिलायबल लाइफ इन्सुरेन्स सँग बिमा प्रिमियमको डिजीटल भुक्तानीको लागि सहका र्यगरेको छ । सहकार्य सम्झौतामा रिलायबल लाइफ इन्सुरेन्सका प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनीर सेलकम प्रा. लि.का प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरेका छन् ।
यस सहकार्य अन्तर्गत, अब रिलायबल लाइफका ग्राहकहरुले आफ्नो बिमा प्रिमियम तिर्न बैंक वा कार्यालय नै पुग्न पर्ने बाध्यता हटेको छ । सजिलै सेलपे एपवा वेब एप्लीकेसन प्रयोग गरी डिजिटल भुक्तानी गर्न सक्नेछन् । बिमा प्रिमियम तिर्न का लागि सेल पे मा आफ्नो खातालिंक गरि सजिलै बिनाकुनै झन्झट, कुनै पनि समयमा रकमतिर्न सकिने छ । यसका लागि ग्राहकले सेल पे मा लगईन गरि बिमा अप्सनमा क्लिक गर्नुहोस, रिलायबल लाइफ छनौट गरि आफ्नो पोलिसि नम्बर र जन्ममिति राखे पस्चात आफ्नो बिमा विवरण चेक गरि देखाएको प्रिमियमको रकम पे बटन थिच्नुहोस् र आफ्नो बिमा प्रिमियम भुक्तानी गर्नुहोस् । तपाईंको सम्पूर्ण भुक्तानीहरु ट्रान्सक्सोन हिस्त्री सेक्सोनबाट सजिलै हेर्न सकिनेछ, कम्पनीले भनेको छ ।
सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा सुरक्षित सेवा हो । सेलपेका अन्य विशेषताहरुमा बास्तविक समयमा भुक्तानी, बिना वालेट कारोबार गर्न सकिने, सरल एवं सुरक्षित र लोयल्टी पोइन्टस पाईने रहेको छ । सेलपेद्धारा विभिन्न दुरसंचार सेवा, विजुली, खानेपानी, टिभी, ईण्टरनेटको महशुल भुक्तानी, विभिन्नपसल, रेष्टुरेण्टमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनीट्रान्सफर, बिमा रकम भुक्तानी, ईएमआर्ए भुक्तानी, कोविड(१९ को बिमा रकम भुक्तानी तथा शेयर कारोबार, पिटुपी, पिटुुबी, बिटुुपी र बिटुुबी आदि वास्तविक समयमा गर्न सकिन्छ । यस सेवामार्फत हुने सम्पूर्ण कारोवार बैंकिङ प्रणाली मार्फत सक्नेछन । सेलपे सेवासंग आवद्ध भएका बैंकहरुका ग्राहकहरुले सहज रुपमा यो सेवालिन सक्नेछन् । सेलपे सेवागुगलप्लेस्टोर तथाएप्पल एप्पस्टोरमा उपलब्ध छ ।