neapl investment mega bank
  • गृहपृष्ठ
  • नेपालमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु ,मृतकको संख्या ४८ पुग्यो

नेपालमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु ,मृतकको संख्या ४८ पुग्यो

Jul 27th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, १२ साउन

नेपालमा कोरोना सङ्क्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले
पर्साका ६५ वर्षीय, धनुषाका ३६ वर्षीय र बाराका ६० वर्षीय पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको जानकारी दिए ।

यो सँगै नेपालमा कोभिड –१९ बाट मृत्यु हुनेको सङ्ख्या ४८ पुगेको छ ।

त्यसतै क्वारिन्टिनमा रहेका व्यक्तिहरुको सङ्ख्या १६ हजार ३७९ रहेको छ । कोरोना सक्रिय संक्रमितको संख्या ४ हजार ९ सय ५० छ। पाँच सयभन्दा बढी सङ्क्रमित हुने जिल्लामा रौतहट, कैलाली र बाजुरा रहेका छन् ।

पछिल्लो २४ घण्टामा ६२६ जना संक्रमण निको भएर डिस्चार्ज भएका छन् भने योसँगै डिस्चार्ज हुनेको कूल संख्या १३ हजार ७५४ रहेको छ । सङ्क्रमितहरु नहुने जिल्लामा पाँचथर, भोजपुर ,संखुवासभा, रसुवा, मनाङ र मुस्ताङ जिल्ला रहेका छन् ।

aadharbhumi
aadharbhumi
aadharbhumi