neapl investment mega bank
  • गृहपृष्ठ
  • कुरियर मार्फत होम डेलिभरी गर्ने नाउँमा ठगी गर्ने व्यक्ति पक्राउ

कुरियर मार्फत होम डेलिभरी गर्ने नाउँमा ठगी गर्ने व्यक्ति पक्राउ

Jul 27th, 2020

काठमाडौ, साउन १२

कुुरियर मार्फत होम डेलिभरी गर्ने नाउँमा ठगी गर्ने व्यक्ति पक्राउ परेकाछन । महानगरीय अपराध महाशाखा मिनभवनका अनुसार सामाजिक सञ्जाल फेसबुुक, इन्स्टाग्राम प्रयोगकर्ताहरुले दैनिक जीवनमा प्रयोग हुुने सामानहरु होम डेलिभरीको लागि सविज कुरियर सेवाले सर्भिस दिंदै आएको थियो । प्रहरीका अनुसार उक्त अनलाईन सेवाले औषधी, मोवाईल, घडी, लेडिज कपडाहरु होम डेलिभरी गराई दिने भनि पीडितहरुलाई बिश्वासमा पारी दुुई लाख ७९ हजार नौ सय १० रुपैयाँ अनलाईन ठगी भएको भन्ने व्यहोरा जाहेरी दरखास्तका आधारमा अनुुसन्धान गर्दा उक्त कार्यमा संलग्न सविज कुरियरका सर्भिस अनलाईन सेवाका सञ्चालक धनुुषा सवैला घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका बस्ने २४ बर्षिय धिरज शाहलाई पक्राउ गरी ठगी मुद्धामा कारवाही गर्न महानगरीय प्रहरी परिसर काठमाडौं पठाईएको छ ।

प्रहरीका अनुसार अनुसन्धानबाट पिडितले बेबी कार सिट मगाउनको लागि ईसेवाबाट नौ हजार रुपैयाँ पठाएकोमा सामान नल्याई रकम माग गर्दा नदिएको, पिडितलाई भारतको दिल्लीबाट साडि कुर्था , कपडाहरु नेपाल ल्याउनको लागि होम डेलीभरी गराई दिने भनी ७७ हजार सात सय रुपैयाँ दिएकोमा सामान डेलिभरी नगरी ठगी गरेको, पिडितले सिको घडी मगाउनको लागि नगद ४९ हजार पाँच सयष् ५९ रुपैयाँ दिएकोमा सामान डेलिभरी नगरी ठगी गरेको, पिडितले एडिडास कम्पनीको जेन्स कपडा, जुत्ता होम डेलीभरीको लागि १८ हजार आठ सय ७५ रुपैयाँ दिएकोमा समान डेलीभरी नगरी ठगी गरेको र पिडितको औषधी, १ प्लस ७ प्रो मोबाईल अर्डर गरी होम डेलीभरीको लागि ३७ हजार सात सय ८५ रुपैयाँ दिएकोमा समान डेलीभरी नगरी ठगी गरेको खुुलेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi