neapl investment mega bank

कौडा खेलिरहेका २३ जना पक्राउ

Jul 27th, 2020

पाँचथर, साउन १२

फिदिम नगरपालिका १ स्थित द्धारिका थाम्सुहाङको घरमा कौडा खेलिरहेको अवस्थामा २२ पुरुष र १ महिलालाई नगद २ लाख ४७ हजार ९ सय ४५ रुपैयाँ र कौडा १७ थान सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

उक्त घरमा जुवा खेल भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi