काठमाडौ, साउन १२
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले सेयर धितो कर्जा योजना सुर गरेको छ । बैकले आप्mना ग्राहकलाई लक्षित गरि सांग्रिला सेयर कर्जा योजना सुुरु गरेको हो । यस योजनामा नौ दसमलव ९९ प्रतिशत व्याजदरमा सेयर खरीद अगाडि नै कर्जा सिमा प्रदान गरिने तथा आफुसँग भएको सेयर धितो राखेर पनि कर्जा लिन सकिने बैंकले जनाएको छ ।
यो योजना अन्र्तगत ग्राहकले आफनो आवश्यकता अनुसार कर्जा सीमा थपघट गर्न सक्नेछन् । बैंकले हाल सबै क्षेत्रमा गरी ९१ शाखा कार्यालयहरु र ३० एटिएम मार्फत बित्तीय सेवा उपलब्ध गराउँदै आएको छ ।