neapl investment mega bank

वरिष्ठ सङ्गीतकार जोशीको निधन

Jul 27th, 2020

हेटौँडा, १२ साउन /रासस

वरिष्ठ सङ्गीत उस्ताद भोला जोशीको आइतबार निधन भएको छ । रेडियो नेपालका सङ्गीतकार तथा नेपाल प्रज्ञा प्रतिष्ठान, सङ्गीत विभागको नेतृत्व गरिसक्नुभएका जोशीको ८० वर्षका उमेरमा आइतबार हेटौँडास्थित आफ्नै निवासमा निधन भएको रङ्गकर्मी उज्ज्वल शर्मा भण्डारीले जानकारी दिनुभयो ।

दम, मधुमेह तथा उच्च रक्तचापले ग्रसित जोशी लामो समयदेखि गृहनगर हेटौँडामा थलिएर बस्नुभएको थियो । विसं २०२२ देखि रेडियो नेपालमा सङ्गीत सिर्जनामा लाग्नुभएका जोशीलाई रेडियो नेपालले ‘उस्ताद’ उपाधि दिएको सङ्गीतकर्मी बताउँछन् । हालका चर्चित सङ्गीतकार चेतन सापकोटा, शिखर सन्तोषलगायत थुप्रै गायकगायिकालाई सङ्गीत प्रशिक्षण दिनुभएका जोशी शिक्षण पेशामा आबद्ध हुनुहुन्थ्यो ।

नातिकाजी, शिवशङ्कर, नरराज ढकालजस्ता सङ्गीत साधकसँग रहेर सङ्गीत सिर्जना, वाद्यवादन तथा गायनमा लामो समयसम्म योगदान दिनुभएका जोशीको निधनले देशको सङ्गीत क्षेत्रमा अपूरणीय क्षति पुगेको सङ्गीतकार सापकोटा बताउनुहुन्छ । “सङ्गीतको कखरा सिकाउनुहुने गुरुको निधनले दुखित बनाएको छ”, उहाँले भन्नुभयो ।

aadharbhumi
aadharbhumi
aadharbhumi