neapl investment mega bank
  • गृहपृष्ठ
  • रिलायवल नेपाल लाईफको दोस्रो बार्षिक साधारण सभा सम्पन्न

रिलायवल नेपाल लाईफको दोस्रो बार्षिक साधारण सभा सम्पन्न

Jul 26th, 2020

काठमाडौ, साउन ११

रिलायवल नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको दोस्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीले आईतबार काठमाडौको बार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

सञ्चालक समितीका अध्यक्ष उदय नेपाली श्रेष्ठको सभापतित्वमा सम्पन्न सभाले कार्यक्षेत्र बिस्तार गर्नेको लागि उद्ृृेश्य थप गर्ने एवं सर्वसाधारणको लागि सेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ । बिसं २०७४ भदौ तीन गते देखि सञ्चालनमा आएको कम्पनीले बिभिन्न १७ प्रकारका बीमा योजनाहरु ल्याएको छ । कम्पनीले गत आवमा कुुल एक अर्ब ६० करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ भने कम्पनीको सबै क्षेत्रमा गरी ८२ वटा आउटलेटहरु सञ्चालनमा रहेकाछन ।