neapl investment mega bank
  • गृहपृष्ठ
  • महासंघको आगामी राष्ट्रिय भेलाका सम्बन्धमा संचारसम्बद्ध विभिन्न संगठनसंग छलफल

महासंघको आगामी राष्ट्रिय भेलाका सम्बन्धमा संचारसम्बद्ध विभिन्न संगठनसंग छलफल

Jul 26th, 2020

काठमाडौ, साउन ११

नेपाल पत्रकार महासंघको आगामी भदौ २ र ३ गते हेटौडामा हुने महासंघको राष्ट्रिय भेलाका सम्बन्धमा संचारसम्बद्ध विभिन्न संगठनसंग छलफल आयोजना गरेको छ ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले महासंघको विधानले गरेको व्यवस्था तथा पोखरामा सम्पन्न साधारण सभाले दिएको निर्देशन अनुसार महासंघ महाधिवेको चरणमा प्रवेश गरेको बताउदै राष्ट्रिय भेलाबाट मिति तोकिने बताए ।

उनले महासंघको सदस्यता सम्बन्धी सम्पूर्ण अधिकार शाखा र प्रदेश समितिलाई रहेको भन्दै साउन मसान्त भित्र नयाँ सदस्यता स्वीकृति र नविकरण भइसक्नुपर्ने बताए । उनले महासंघको महाधिवेशको मिति तय गर्न तथा अन्य विषयमा साझा धारणा निर्माण गर्न बाग्मती प्रदेशको राजधानी हेटौडामा भदौ २ र ३ गते राष्ट्रिय भेला गर्न लागेको बताए ।

कार्यक्रममा प्रेस संगठनका सदस्य राजेश राईले पत्रकार महासंघको सदस्यता नविकरणका लागि धेरै पत्रकार बाँकी रहेको भन्दै श्रमजीवि पत्रकारलाई महासंघको सदस्यबाट बञ्चित गर्न नहुने बताए । लोकतान्त्रीक छापामाध्यम राष्ट्रिय सञ्जालका अध्यक्ष दामोदरप्रसाद दवाडीले कोरोनाको महामारीलाई मध्यनजर गर्दै आवश्यक सुरक्षासहित महासंघले भेला तथा अन्य गतिविधि गर्नुपर्ने बताए ।

आदिवासी जनजाती पत्रकार महासंघका अध्यक्ष डण्ड गुरुङ्गले महासंघको महाधिवेशन सहति हरेक गतिवधिका साथ रहने बताउनदै सदस्यता सुद्धीकरणमा जोड दिनुपर्ने बताए । मधेशी पत्रकार समाजका अध्यक्ष मोहन सिंहले कोरोनाको महामारीका कारण आसन्न महासंघको भेलालाई प्रविधिलाई विकल्पका रुममा प्रयोग गर्न सकिने बताए । उनले सदस्याता नविकरण अन्तिम घडिमा गर्ने चलन रहेको भन्दै महासंघको सदस्यतालाई श्रमजीवि पत्रकारले गर्व गर्नुपर्ने धारणा राखे ।

क्रान्तिकारी पत्रकार संगठनका प्रतिनिधि कमल बुढाले श्रमजीवि पत्रकारलाई महासंघको सदस्यता प्रदान गर्नुपर्ने भन्दै पत्रकारको पेशागत सुरक्षामा महासंघको भूमिका महत्वपूर्ण रहेको बताए ।

प्रेस सेन्टर नेपालका प्रतिनिधि लोकराज जैशीले महासंघको नविकरण गर्ने सम्बन्धमा सबै पत्रकारलाई सूचना प्रदान गरी धेरै भन्दा धेरै पत्रकारकालाई समेट्नुपर्ने धारणा राखे । मधेशी पत्रकार संघका प्रतिनिधि विवेकानन्द मिश्रले महासंघको सदस्याता वितरण तथा नविकरणमा विषेश ध्यान दिनुपर्ने धारणा राखे । प्रेस काउन्सिलका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र भुषालले सामाजिक सञ्जाल र यूट्वका कारण समाजमा पत्रकारप्रति नकारात्मक भावना बढ्न थालेको भन्दै त्यसको निराकरण गर्न आवश्यक रहेको बताए । उनले जिम्मेवार पत्रकारिताका लागि महासंघले पहल गर्नुपर्ने धारणा राखे ।

aadharbhumi
aadharbhumi
aadharbhumi