neapl investment mega bank

जीपको ठक्करबाट दुई जनाको मृत्यु

Jul 26th, 2020

दाङ, ११ साउन

राप्ती गाउँपालिका-८ पिपरीस्थित सडकमा बा.२० च ५७४४ नम्बरको जिपले शनिबार साँझ ठक्कर दिँदा सोही ठाउँ बस्ने पैदलयात्री ४८ वर्षीय राज कुमार चौधरी र ८ वर्षीय निशान चौधरीको मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका राजकुमारको मेडिकल कलेज कोहलपुर बाँकेमा र निशानको चौराहा अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्करबाट घाइते भएका अन्य ३ जनाको चौराहा अस्पताल बुटवलमा उपचार भइरहेको छ । ठक्कर दिने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi