neapl investment mega bank
  • गृहपृष्ठ
  • सनराईज बैंकद्धारा सरलीकृत कर्जा योजना सुरु

सनराईज बैंकद्धारा सरलीकृत कर्जा योजना सुरु

Jul 26th, 2020

काठमाडौ, साउन ११

सन्राइज बैंकले आफ्ना ग्राहकहरुलाई आकर्षक व्याजदरमा कर्जा प्रवाह गर्ने योजना सहित सहज तथा सरल किस्ताबन्दीमा घर निर्माण, घर तथा जग्गा खरिद र शेयरको धितोमा कर्जा दिनेव्यवस्था गरेको छ । सन्राइज घर कर्जा अन्तर्गत सेवाग्राहीले ४० वर्षसम्मको अवधिका लागि आठ दसमलव ९५ प्रतिसत व्याजदरमा घर जग्गा कर्जा लिन पाउनेछन् । यसै गरी बैंकले शेयर धितो कर्जामा नौ दसमलव ९५ ब्याजदरमा कर्जा प्रवाह गर्ने जनाएको छ ।

कोभिढ १९ ले अर्थव्यवस्थामा परिरहेको असहज परिस्थितिका बावजुत पनि कर्जा सुबिधालाई सहजीकरण गर्ने उद्देश्यलेबैंकले यो योजना ल्याएको हो । कर्जा लिन चाहने ग्राहकहरुले विना झन्झट छिटो छरितो कर्जा प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले देशका एक सय ३४ स्थानमा फैलिएको सन्राइज बैंकका शाखाहरुबाट यो सुविधा उपभोग गर्न सक्नेछन । सिमित अवधिको लागि ल्याइएको यस योजनाबाट लाभ लिन सम्बन्धित सबै पक्षहरुबाट अपेक्षा गरिएको छ । आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गर्दै बैंकले यस्ता सरल तथा सहज किसिमका कर्जा योजनाहरु भविष्यमा पनि ल्याउँदै जाने जनाएको छ।