आधारभूमि संवाददाता
काठमाडौं, साउन ११
सुनचाँदीको मूल्य आज फेरि ५०० ले बढेको छ । नेपाल सुनचाँदी महासंघले सुनको मूल्य हालसम्मकै उच्च रहेको जानकारी दिएको छ । शुक्रबार छापावाल सुन प्रतितोला रु १३०० रुपैयाँले बढेर ९५ हजार ८०० मा कारोवार भएको थियो ।
महासंघका अनुसार आज एकैदिनमा छापावाल सुन प्रतितोला ५०० रुपैयाँले बढेर ९६ हजार ३०० पुगेको छ । आज तेजावि सुनको मूल्य प्रतितोला ९५ हजार ८६० निर्धारण भएको छ । शुक्रबार तेजाबी सुन प्रतितोला रु ९५ हजार ३६५ मा कारोवार भएको थियो ।
सुनको मूल्य बढेसँगै आज चाँदीको मूल्य पनि ५ रुपैयाँले वृद्धि भएको छ । चाँदी प्रतितोला ११ सय ५५ पुगेको महासंघले जनाएको छ । शुक्रबार चाँदी तोलामा रु ५ ले बढेर ११ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।