neapl investment mega bank
  • गृहपृष्ठ
  • पोर्चुगलका नेपाली समुदायद्वारा क्यान्सर पीडित दिलमायालाई सहयोग

पोर्चुगलका नेपाली समुदायद्वारा क्यान्सर पीडित दिलमायालाई सहयोग

Jul 26th, 2020

पोर्चुगल, ११ साउन /रासस

पोर्चुगलका नेपाली समुदायले स्तन क्यान्सरबाट पीडित सिन्धुलीको कमलामाई नगरपालिका–१० की दिलमाया दर्लामी मगरलाई रु चार लाख १५ हजार सहयोग गरेका छन् । विगत पाँच वर्षदेखि क्यान्सरबाट ग्रसित उनी भक्तपुरमा आफन्तको घरमा बसेर उपचार गरिरहनुभएको छ ।

पोर्चुगलका लागि नेपाली वाणिज्यदूत राजेन्द्रकुमार खेतानले उपचाररत मगरलाई घरमै पुगेर सहयोग रकम हस्तान्तरण गर्नुभएको हो । पीडितको उपचारका लागि वाणिज्यदूत खेतान स्वयंले पनि रु २५ हजार सहयोग गर्नुभएको हो ।

विगत सात वर्षदेखि पोर्चुगल बस्दै आउनुभएका युवा दिनेश भण्डारीको अगुवाइमा आर्थिक सहयोग गरिएको हो । पीडित मगरलाई उपचारका लागि रु १५ लाख चाहिने अस्पतालले जनाएपछि पीडितको अनुरोधमा उक्त रकम सङ्कलन गरिएको बताइएको छ । स्वस्फूर्तरूपमा सहयोग गर्ने पोर्चुगलवासी गैरआवासीय मनकारी नेपालीलाई पीडित परिवारको तर्फबाट धन्यवाद दिइएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi