neapl investment mega bank
  • गृहपृष्ठ
  • नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु ,मृतकको संख्या ४५ पुग्यो

नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु ,मृतकको संख्या ४५ पुग्यो

Jul 25th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, १० साउन

नेपालमा कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले
 बारा स्थायी घर भएकी एक युवतीको मृत्यु भएको जानकारी दिए ।

मृत्यु हुनेमा बारा जिल्लाको परवानीपुर गाउँपालिका-८ कि १७ वर्षीया एक युवती रहेकि छिन् । ती युवतीलाई स्वास्थ्यमा समस्या भएपछि बुधबार वीरगन्जकै वीरगन्ज हेल्थ केयर अस्पतालमा भर्ना गरिएको थियो।  उनको आरडीटी पोजिटिभ आए पनि पीसीआर रिपोर्ट भने मृत्युपछि मात्र आएको हो।

उनको उपचारका क्रममा शुक्रबार बेलुका गन्डक कोभिड अस्पताल बिरगंजमा निधन भएको मन्त्रालयले जनाएको छ । युवतीमा अक्सिजनको मात्रा कम हुनुका साथै पाखाला लाग्ने, जिउ काप्ने र स्वासप्रश्वासमा समेत समस्या देखिएको प्रवक्ता डा. गौतमले बताए । यो सँगै कोभिड –१९ बाट मृत्यु हुनेको सङ्ख्या ४५ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा २७ वटा प्रयोगशालामा पीसीआर विधिबाट ४ हजार ७५ जनाको परीक्षण भएको छ । क्वारिन्टिनमा रहेका व्यक्तिहरुको सङ्ख्या १८ हजार एक सय ८५ रहेको छ । कोरोना सक्रिय संक्रमितको संख्या ५ हजार तीन सय ८५  छ। पाँच सयभन्दा बढी सङ्क्रमित हुने जिल्लामा रौतहट, कैलाली र बाजुरा रहेका छन् ।

aadharbhumi
aadharbhumi
aadharbhumi