neapl investment mega bank
  • गृहपृष्ठ
  • रंगीन ढुंगाहरु देखाई ठगी गर्न खोजेको अभियोगमा पक्राउ

रंगीन ढुंगाहरु देखाई ठगी गर्न खोजेको अभियोगमा पक्राउ

Jul 25th, 2020

काठमाडौं, साउन १०

काठमाडौं महानगरपालिका ११ त्रिपुरेश्वरस्थित सडकबाट विभिन्न प्रकारका रंगीन ढुंगाहरु देखाई ठगी गर्न खोजेको अभियोगमा २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौ तारकेश्वर नागरपालिका १० बस्ने खोटाङ जन्तेढुंगा गाउँपालिका ४ घर भएका २१ वर्षीय अर्जुन अधिकारी र काठमाडौं तारकेश्वर नगरपालिका ११ नेपालटार बस्ने नुवाकोट लिखु गाउँपालिका ५ घर भएका ३४ वर्षीय राजेन्द्र विश्वकर्मा रहेका छ्न् ।

सार्वजनिक सडकमा उक्त ढुंगाहरु देखाई सर्वसाधरणलाई ठगी गर्ने उद्देश्यले विक्री वितरणका लागि हिँडिरहेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

aadharbhumi
aadharbhumi
aadharbhumi