काठमाडौ, साउन १०
गुरुङ सँस्कारमा बनेको नेपाली कथानक चलचित्र ‘बारपाकी माया’ को सिक्वेल ‘बारपाकी माया २’ बन्ने भएको छ । गोरखाको बारपाक गाऊँमा सम्पूर्ण छायाँकन गरिएको चलचित्र ‘बारपाकी माया’ ले गुरुङ सँस्कारको विषयलाई उत्थान गरेको थियो ।’ बारपाक बिर चक्र भिसी गजे घलेको गाउँ हो। बारपाकमा घले र गुरुङको ठुलो बस्ति रहेको छ । लक डाउनको समयमा चलचित्रको स्क्रिप्ट तयार पारिएको छ ।
‘बारपाकी माया २’ मा बिसेष गरेर बारपाकको जन जीवन र त्यहाँको रहन सहनलाई बिसेष रुपमा समेटिने छ । करिब ८० लाखको बजेटमा निर्माण हुने चलचित्रको छायाँकन उत्तरी गोर्खाको बारपाक,लाप्राक,मम्चे डाँडा,धार्छे जस्ता रमणीय स्थानहरुमा गरिनेछ । २०७२ सालको महाभुकप्म अघि बनेको चलचित्रले बारपाकी गाउँको सुन्दर दृश्यहरु कैद गरेको थियो महाभुकम्पले उक्त गाउँ तहस नहस भएको थियो अहिले पुनर्निर्माण पछि बनेको गाउँको दृश्यहरुलाई ‘बारपाकी माया २’ले समेट्ने छ । लक डाउनको समाप्ति संगै नेपाल सरकारले छायांकन गर्ने अनुमति दिना साथ छायाँकनमा जाने तयारीमा रहेको छ ।
‘बारपाकी माया’ लाई दर्शकहरुले रुचाएको कारण नै यसको सिक्वेल निर्माण गर्न लागिएको हो । चलचित्रमा केहि कलाकार पुराना दोहोरिने र धेरै नयाँ रहने छन् । चलचित्रको लागी कलाकारहरु अडिसन मार्फत छानिने छ । चलचित्र निर्माण कम्पनीले चलचित्रमा काम गर्न चाहनेहरुले अडिसनमा भाग लिन आव्हान गरेको छ । चलचित्रलाई रोधी डिजिटल स्टुडियोका प्रितम गुरुङले निर्देशन गरेका हुन् । ‘बारपाकी माया’ को सिक्वेल ‘बारपाकी माया २’ लाई पनि निर्देशक प्रितम गुरुङले नै निर्देशन गर्ने छन् ।