neapl investment mega bank
  • गृहपृष्ठ
  • सप्तरीको गजेन्द्रनारायण सिंह अस्पतालको इमर्जेन्सी वार्ड ‘सिल’

सप्तरीको गजेन्द्रनारायण सिंह अस्पतालको इमर्जेन्सी वार्ड ‘सिल’

Jul 24th, 2020

राजविराज, ९ साउन /रासस

सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको इमर्जेन्सी वार्ड आज राति १२ बजेपछि ‘सिल’ गरिने बताइएको छ । जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित्त कार्यालय प्रमुख दुनियाँलाल यादवले अस्पतालमा उपचाररत एक जना बिरामीमा आज कोरोना सङ्क्रमण देखिएपछि उक्त अस्पतालका इमर्जेन्सी वार्डलाई सिल गर्ने निर्णय गरिएको हो ।

इमर्जेन्सी वार्डमा उपचाररत जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकाका–२ का ४८ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण देखिएपछि यस्तो निर्णय गरिएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित्त कार्यालय प्रमुख यादवले बताउनुभयो । विषादी सेवनका कारण करिब तीन दिनदेखि इमर्जेन्सीमा उपचार गराइ रहेका पुरुषको उपचारमा धेरै चिकित्सक र स्वास्थ्यकर्मी संलग्न भएको पाइएको प्रमुख यादवले जानकारी दिनुभयो ।

यसअघि पनि गजेन्द्रनारायण सिंह अस्पतालमा एक जना नर्स र एक जना स्वीपरमा कोरोनाको सङ्क्रमण भेटिएको थियो । त्यसपछि अस्पतालका चिकित्सक र कर्मचारीसहित कूल १७६ जनाको स्वाब सङ्कलन गरी परीक्षणका लागि विराटनगरस्थित कोशी अस्पताल पठाइएकामा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi