neapl investment mega bank

सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु

Jul 24th, 2020

काठमाडौं, ९ साउन

उदयपुर, बेलका नगरपालिका-१ आम्बासी हाईट बस्ने ४५ वर्षीय तिर्थ बहादुर कार्कीको को.२ त ५१८२ नम्बरको ट्याक्टरले किचेर बिहीबार साँझ मृत्यु भएको छ । सोही ठाउँस्थित बगाहा खोलातर्फ बालुवा लिन जाँदै गरेको ट्याक्टरमा चढेर आम्बासी चोकमा ओर्लने क्रममा लडेपछि ट्याक्टरले किच्दा गम्भीर घाइते भएका उनको सप्तरी फत्तेपुर बङ्गाली मेडिकल हुँदै घोपा धरान पठाइएकोमा थप उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

स्याङ्जा, कालिगण्डकी गाउँपालिका-१ ठाटी भञ्ज्याङस्थित सडकमा लु.३ त ४२०१ नम्बरको ट्याक्टरले बिहीबार साँझ ठक्कर दिँदा गम्भीर घाइते भएकी सोही ठाउँ बस्ने ७६ वर्षीय कृष्ण रेश्मीको मिशन हस्पिटल पाल्पामा उपचारको क्रममा मृत्यु भएको छ । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi