neapl investment mega bank
  • गृहपृष्ठ
  • नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु ,मृतकको संख्या ४४ पुग्यो

नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु ,मृतकको संख्या ४४ पुग्यो

Jul 24th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, ९ साउन

नेपालमा कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पर्साका एक वृद्धाको मृत्यु भएको जानकारी दिए ।

मृत्यु हुनेमा पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका-११ का ८५ वर्षीया वृद्धा रहेका छन् । उहाँ मुटु सम्बन्धका बिरामी हुनुहुन्थ्यो र निमोनियाको बाट ग्रसित हुनुहुन्थ्यो

उहाँको उपचारका क्रममा शुक्रबार बिहान नारायणि अस्पताल बिरगंजमा निधन भएको मन्त्रालयले जनाएको छ । यो सँगै कोभिड –१९ बाट मृत्यु हुनेको सङ्ख्या ४४ पुगेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi