neapl investment mega bank
  • गृहपृष्ठ
  • थप १३३ जनामा कोरोना सङ्क्रमण , १०७ जना डिस्चार्ज

थप १३३ जनामा कोरोना सङ्क्रमण , १०७ जना डिस्चार्ज

Jul 24th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, ९ साउन

नेपालमा थप १३३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज यहाँ आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका २७ वटा प्रयोगशालामा ३ हजार ९ सय ८७ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिए। यो सँगै सङ्क्रमितको सङ्ख्या १८ हजार ३ सय ७४ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा २७ वटा प्रयोगशालामा पीसीआर विधिबाट ३ हजार ९८७ जनाको परीक्षण भएको छ । क्वारिन्टिनमा रहेका व्यक्तिहरुको सङ्ख्या १९ हजार ४ सय ४४ रहेको छ । कोरोना सक्रिय संक्रमितको संख्या ५ हजार ३ सय ८३ छ। पाँच सयभन्दा बढी सङ्क्रमित हुने जिल्लामा रौतहट, कैलाली र बाजुरा रहेका छन् ।

थप १०७ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा १०७ जनाले कोरोना जितेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालाबाट १०७ जना डिस्चार्ज भएको बताए ।

योसँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या १२ हजार ९४७ पुगेको छ ।हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ४४  पुगेको छ। सङ्क्रमितहरु नहुने जिल्लामा पाँचथर,
भोजपुर ,संखुवासभा रसुवा, मनाङ र मुस्ताङ जिल्ला रहेका छन् ।

aadharbhumi
aadharbhumi
aadharbhumi