neapl investment mega bank
  • गृहपृष्ठ
  • नेपाली सेनाद्धारा चितवन राष्ट्रिय निकुञ्जमा घटेको घटनाका बिषयमा ध्यानाकर्षण

नेपाली सेनाद्धारा चितवन राष्ट्रिय निकुञ्जमा घटेको घटनाका बिषयमा ध्यानाकर्षण

Jul 24th, 2020

काठमाडौ, साउन ९

नेपाली सेनाले चितवन राष्ट्रिय निकुञ्जमा घटेको घटनाका बिषयमा ध्यानाकर्षण भएको जनाएको छ । सेनाले आज शुुक्रबार बिज्ञप्ती जारी गर्दे भनेको छ, मिति २०७७ श्रावण ०९ गते कान्तिपुर दैनिकमा प्रकाशित चितवन राष्ट्रिय निकुञ्जमा घटेको भनिएको घटनाको बारेमा नेपाली सेनाको ध्यानार्कषण भएको छ ।

यस विषयमा नेपाली सेनाले आफ्नो आन्तरिक छानविन शुरु गरिसकेको र अधिकार प्राप्त सरकारी निकायहरुले गरि रहेको विस्तृत छानविनमा पूर्ण सहयोग गर्ने बारे जानकारी गराउदछौं । नेपाली सेना, नेपाल सरकारको कार्यादेश अनुसार जिम्मेवारीपूर्ण ढंगले प्रकृति संरक्षण कार्य सम्पादन गर्न प्रतिबद्ध रहेको छ, सेनाले बिज्ञप्ती मार्फत भनेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi