neapl investment mega bank
  • गृहपृष्ठ
  • नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु ,मृतकको संख्या ४३ पुग्यो

नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु ,मृतकको संख्या ४३ पुग्यो

Jul 23rd, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, ८ साउन

नेपालमा कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले वीरगञ्जका एक पुरुषको मृत्यु भएको जानकारी दिए ।

मृत्यु हुनेमा वीरगञ्ज जिल्लाको माइस्थानका ७० वर्षीय पुरुष रहेका छन् । उनी श्वासप्रश्वासमा कठिनाइ आएपछि नारायणी अस्पतालको अस्थाई कोभिड अस्पतालमा भर्ना भएका थिए।

उहाँको उपचारका क्रममा यही साउन ७ गते निधन भएको मन्त्रालयले जनाएको छ । यो सँगै कोभिड –१९ बाट मृत्यु हुनेको सङ्ख्या ४३ पुगेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi