neapl investment mega bank
  • गृहपृष्ठ
  • जोन्टा क्लब अफ काठमाडौंद्वारा घरेलु हिंसा विरुद्ध सहयोग गर्न नेपाल प्रहरीसंग सहकार्य

जोन्टा क्लब अफ काठमाडौंद्वारा घरेलु हिंसा विरुद्ध सहयोग गर्न नेपाल प्रहरीसंग सहकार्य

Jul 23rd, 2020

काठमाडौ, साउन ८

जोन्टा क्लब अफ काठमाडौंले महिला अधिकार र सशक्तिकरणका लागि काम गर्दै आइरहेको छ र घरेलु हिंसा विरुद्धको लडाईमा सहयोग गर्न नेपाल प्रहरीसंग साझेदारी गरेर पहल शुरु गरेको छ ।

यस पहल अन्तर्गत जोन्टा क्लब अफ काठमाडौंले १४ जना प्रतिष्ठित कानुनी अभिबक्ता र नेपाल प्रहरीसंग समन्वय गरेर घरेलु हिंसाका पिडितलाई कानुनी परामर्श वा कानुनी उपचार प्रदान गर्ने भएको छ । पिडितलाई कानूनी सहयोग वा कुनै प्रकारको उजुरी वा निवेदन वा कानूनी सहयोगको आवश्यकता परेमा उसलाई निशुल्क आवश्यक कानूनी सहयोग प्रदान गरिनेछ । घरेलु हिसां सम्बन्धि कुनै पनि फोन १०० मा आएको खण्डमा सिधैं १४ जना अभिबक्ता मध्ये कसैलाई सम्पर्क गराई सोही अनुरुप फोन मार्फत कानुनी परामर्श तथा अन्य कानुनी सेवा प्रदान गरिनेछ । यस पहलका लागी डि.आई जि. विश्व पोखरेल निर्देशनमा एस.एस पि किरण बज्राचार्य पुर्ण सहयोग गर्ने निर्णय भई आजकै मितिबाट यस कार्यलाई अगाडी बढाउने सहकार्य गरेका छन् । यसका साथै अधिवक्ता रत्न कार्कीले जोन्टा वकालत समितिको अध्यक्षता गर्नेछन् ।

कोभिड—१९ महामारीको फैलावटलाई कम गर्न नेपाल सरकारले गत चैत ११ गतेदेखि देशभर लकडाउन लागु गरेको थियो । यससंगै धेरै जना महिलाहरु दुव्र्यवाहरमा गर्ने व्यक्तिहरुसंंग घरमा फसेका भएर दुव्र्यावहारका घटनाहरु बढेका छन् । यसको प्रतिकृयाको रुपमा जोन्टाले नेपाल प्रहरीको सहकार्यमा पिडित महिलाहरुलाई घरेलु हिंसा विरुद्ध लड्न सहयोग गर्ने लक्ष्य लिएको छ ।

जोन्टा क्लब अफ काठमाडौंकी अध्यक्ष जोन्शियन सीमा गोल्छाले भन्नुभयो, “लकडाउनको घोषणा भएदेखि घरेलु हिंसा बढेका छन् । पिडित महिलाहरु घरमा दुव्र्यवहार गर्ने व्यक्तिहरुसंग फसेका छन् जसले उनीहरुलाई अझ असुरक्षित बनाएको छ । हामी आशा गर्दछौं कि नेपाल प्रहरी र अधिवक्ताहरुको सहयोगमा हामी पिडितहरुलाई सहयोग गर्न र घरेलु हिंसा विरुद्ध लड्न सक्षम हुनेछौं ।”

सन् १९१९ मा स्थापना भएको जोन्टा इन्टरनेशनल व्यावसायिकहरुको एक अग्रणी ग्लोबल संस्था हो जुन सेवा र वकालतको माध्यमबाट विश्वव्यापी महिला सशक्तिकरणमा लागि परेको छ । जोन्टा इन्टरनेशनलको छाता अन्तर्गत जोन्टा क्लब अफ काठमाडौं सन् २०१२ मा स्थापना भएको थियो । यो काठमाडौंमा कानुनी रुपमा दर्ता गरिएको गैर–नाफा मुलक संस्था हो जसले महिलाहरुको आर्थिक अवस्था, शिक्षा, स्वास्थ्य, स्थानीय तथा राष्ट्रिय स्तरका युवा र महिला हिंसा तथा बाल विवाहसँग सम्बन्धित मुद्दाहरु सुधार गर्ने उद्देश्यका साथ महिलाहरुको स्तर उन्नतिका लागि काम गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi